बुटवल-रोट्रयाक्ट क्लव अफ मणिग्रामले जोनल फेलोसिप बास्केटबल प्रतियोगिता सम्पन्न गरेको छ ।
रोट्रयाक्ट क्लव अफ मणिग्रामको आयोजनामा आइतबार भएको खेलमा जोन १९ अन्तर्गतका ६ क्लवहरू ( रोट्रयाक्ट क्लव अफ मणिग्राम , रोट्रयाक्ट क्लव अफ सेन्ट्रल बुटवल , रोट्रयाक्ट क्लव अफ तिलोत्तमा शुद्दोधन , रोट्रयाक्ट क्लव अफ क्षितिज इन्टरनेशनल , रोट्रयाक्ट क्लव अफ तिनाउ सिटीबिच प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा पुरूषको ५ टिम र महिलाको २ टिम रहेको थियो । जसमध्ये पुरूषतर्फ प्रथम स्थान रोट्रयाक्ट क्लव अफ सेन्ट्रल बुटवल र रोट्रयाक्ट क्लव अफ तिनाउ सिटीले संयुक्त रूपमा हात पारेका छन् । त्यसतै महिलातर्फ रोट्रयाक्ट क्लव अफ मणिग्रामको समूहले हात पारेका छन् ।
त्यसैगरी दोस्रो स्थान पुरूषतर्फ रोट्रयाक्ट क्लव अफ क्षितिज इन्टरनेशनल र महिलातर्फ रोट्रयनक्ट क्लव अफ क्षितिज इन्टरनेशनलले नै हात पारेको छ । प्रतियोगितामा टप स्कोररको अवार्ड पुरूषतर्फ रोट्रयाक्ट क्लव अफ सेन्ट्रल बुटवलका धनन्जय वर्नवाल र महिलातर्फ रोट्रयाक्ट क्लव अफ मणिग्रामकी अस्मिता कुँवरले हात पारेकी छिन ।
त्यसैगरी वेस्ट प्लेयर अफ द म्याचको अवार्ड पुरूषतर्फ रोट्रयाक्ट क्लव अफ तिलोत्तमा शुद्दोधनका राजन खनालले हात पारे भने महिलातर्फ रोट्रयाक्ट क्लव अफ क्षितिज इन्टरनेशनल कि जशोदा न्यौपानेले हात पार्न सफल भए ।
रोट्रयाक्ट क्लव अफ मणिग्रामका अध्यक्ष निराजन अर्यालको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख आतिथ्यता डिआर आर इलेक्ट लक्ष्मण खराल र विशिष्ट आथित्यता जोन १९ का जेड आर आर प्रकाश पराजुलीको रहेको थियो ।
रोट्रयाक्ट क्लव अफ मणिग्रामका कोषाध्यक्ष गणेश पन्थको स्वागत मन्तव्य र संयोजन रहेको कार्यक्रमको सञ्चालन जोन १९ का जेडएस र रोट्रयाक्ट क्लव अफ मणिग्रमका इलेक्ट प्रेसिडेन्ट आयुस पौडेलले गर्नुभएको थियो ।
प्रकाशित मिति : आइतबार, पुष २५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्