काठमाडौं – नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्ट भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा गरिएको ९ हजार ५१ जनाको पीसीआर परीक्षणका क्रममा २ हजार ४४८ जना र ३ हजार ९८५ जनाको एन्टिजेन परीक्षणका क्रममा ६२७ जनामा गरि कुल ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि हो ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ११ हजार ९९० रहेको छ । त्यस्तै, गत चौबीस घण्टामा २ कोरोना संक्रमितको मृत्यु भएको छ, भने गत चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट २७८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
चौबीस घण्टामा देशभर २ लाख १४ हजार ५७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, पुष २८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्