काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ९६१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ जनामा कोरोना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित छन् ।
यस्तै नेपालमा हालसम्म ९ लाख ५५ हजार २०६ जनामा कोरोना संक्रमण भएको छ भने ८ लाख १६ हजार ४३८ जना कोरोना संक्रमणबाट निको भएका छन् । नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, माघ २ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्