काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ६ हजार ७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा ५४७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ०१४ जनाको पीसीआर परीक्षणबाट ५ हजार ७४७ र ३ हजार ४५१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९८७ जना गरी जम्मा ६ हजार ७३४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ६२३ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ रहेको छ ।
हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ८ लाख १६ हजार ९८५ जना पुगेका छन् । हाल नेपालमा क्वारिन्टिनमा १०० र आइसोलेसनमा ३० हजार ८७७ जना रहेका छन् । नेपालमा हालसम्म ८ लाख ५९ हजार ४८५ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति : सोमबार, माघ ३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्