स्‍याङ्जामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्‍यु

स्‍याङ्जामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्‍यु

file photo

स्याङ्जा । स्याङजाको बिरुवा गाउँपालिका–३ धोवादीमा आज शनिबार जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार जीप दुर्घटनामा परेर सोही वडाका २६ वर्षीय बेलबहादुर थापा र ३२ वर्षीय भेषबहादुर थापाको मृत्यु भएको हो। बेलबहादुर चालक र भेषबहादुर यात्रु रहेको खुलेको छ ।
उनीहरू सवार ग १ ज५९३९ नं जीप सडकदेखी अन्दाजी ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनास्थलमै मृत्यु भएका उनीहरूको शव परीक्षणका लागि जिल्ला अस्पताल स्याङ्जा पठाएको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति : शनिबार, माघ २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij