बुटवल
बुटवलमा माेटरसाइकल दुर्घटना हुँदा एक जना पुरूषको मृत्यु भएको छ ।
गएराति करिब १२ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा स्कार्पियोले मोटर साइकलललाई ठक्कर दिँदा एक युवाको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका प्रवक्ता मोहन बहादुर खाँणले जानकारी दिए ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १९ च ९१५७ नम्बरको स्कार्पियोले विपरिततर्फ दिशाबाट आउँदै गरेको लु २४ प २७५७ नम्बरको मोटर साइकललाई ठक्कर दिदा मोटरसाइकलका चालक अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ का ३० वर्षिय बासु आचार्यको मृत्यु भएको हाे ।
आचार्यको उपचारको क्रममा रातिनै लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हाे ।
प्रकाशित मिति : आइतबार, माघ २३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्