विना निष्कर्ष सकियो गठबन्धनको बैठक,शनिबार फेरि बस्ने

विना निष्कर्ष सकियो गठबन्धनको बैठक,शनिबार फेरि बस्ने

काठमाडौं –सत्तारुढ गठबन्धनको बैठक सकिएको छ।  बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठक विनानिष्कर्ष सकिएको हो।

यस अघि बिहिबार बसेको गठबन्धनको बैठकमा सहमति हुन नसकेपछि बैठक आज फेरी बोलाइएको थियो। आज पनि बैठकमा सहमति नजुटेपछि अर्को बैठक आइतबार बिहान ८ बजे बस्ने गरी स्थगित गरिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच बिहान खुमलटारमा छलफल भएको थियो। प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।

माओवादीले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाइए सरकार छाड्ने तर समर्थन कायमै राख्ने निस्कर्ष निकालेको छ भने एकीकृत समाजवादीले शनिबार मात्र निर्णय गर्ने भएको छ। शनिबार एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ।

जसपाले भने ठोस निर्णय लिन सकेको छैन । अध्यक्ष यादव माओवादी लगायत दलहरूको निर्णय कुरिरहेका छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पास गर्नुपर्ने पक्षमा छन्।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij