काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार गएका छन्।
अमेरिकी राजदूत र्यान्डी बेरीसँग भेटेपछि ओली प्रधानमन्त्री भेट्न बालुवाटार गएका हुन्। ओलीका प्रेसविज्ञ रामशरण बजगाइँले प्रधानमन्त्री देउवाले बाेलाएपछि ओली बालुवाटार गएकाे जानकारी दिए।
एमसिसीका बारेमा सत्ता गठबन्धनका दलहरू विभाजित भएपछि प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग भेट गरेकाे याे दाेस्राे पटक हाे। यसअघि देउवा ओली भेट्न बालकाेट पुगेका थिए।
ओली जसरी पनि गठबन्धन तोडाउने पक्षमा छन्। गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले एमसिसीको विपक्षमा मतदान गर्ने भएपछि कांग्रेसले गठबन्धनमा हरेर विपक्षमा मतदान गर्ने हो भने सरकार छाड्नुपर्ने चेतावनी दिइसकेकाे छ।
संसद्बाट एमसिसी पारित गर्ने प्रक्रिया सुरु भइरहेका बेला राजदूत बेरी र ओलीबीचकाे भेटलाई अर्थपूर्ण रुपमा हेरिएकाे छ। सरकारले फागुन ८ गते संसद्मा टेबल गरेकाे एमसिसी फागुन १२ गतेबाट सैद्धान्तिक छलफलका निम्ति प्रक्रिया अघि बढ्नेछ।
कांग्रेस एमसिसीको पक्षमा छ भने एमाले माैन छ। एमसिसी पारितका लागि अमेरिकाले फागुन १६ सम्मको समय दिएको छ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन १० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्