बुटवल । राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाइकोष बुटवलले आफ्नो १४औं स्थापना दिवसका अवसरमा शनिबार मानवसेवा आश्रममा रहेका अभिभावकविहीन
नागरिकहरूलाई भोजन खुवाएको छ ।बुटवलमा भाडामा लिएका दुई भवनमा बस्ने ५५ जना महिला र ६५ जना पुरुषलाईभोजन खुवाइएको हो । सामाजिक उत्तरदायित्वअन्तर्गत भलाइकोषले यस्तो कार्यगरेको हो ।
आश्रमको रूपन्देही संयोजक टिका थापाका अनुसार पूर्वदेखि पश्चिमसम्मका महिला रपुरुष रहेका छन् । तीमध्ये अपांग, बेवारिसे, बोल्न नसक्ने धेरै छन् । केही
बच्चा पनि छन् । भोजन खुवाउने कार्यक्रमको सुरुवात गर्दै उद्यमशील भलाइकोषकाअध्यक्ष मोहन भुसालले आगामी दिनमा पनि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे
।
मानवसेवा आश्रमका अभिभावक शेरबहादुर गौतमले मानवसेवा गर्ने पूण्य कार्यमा सबैको सहयोग आवश्यक रहेको बताए । पत्रकार महासंघ रूपन्देहीका निवर्तमान
अध्यक्ष यानेन्द्र जीसीले सञ्चारको क्षेत्रबाट पूण्यकार्यमा सधैँ सहयोग रहने बताए। कार्यक्रममा भलाइकोषका कोषाध्यक्ष माधवप्रसाद श्रेष्ठ र कार्यालय प्रमुख बसन्त
श्रेष्ठले आश्रमकै कारण सडकमा रहेका नागरिकले ठूलो राहात र अभिभावक पाएकोउल्लेख गरेका थिए ।
प्रकाशित मिति : शनिबार, फाल्गुन १४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्