काठमाडाैं – बिहीबार सार्वजनिक बिदा हुने भएको छ । ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको हो ।
गृह मन्त्रालयले आज एक सूचना निकाल्दै बिदाबारे जानकारी दिएको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ ।
सरकारले ल्होसार पर्वमा यसअघि पनि बिदा दिने गरेको नजिर छ । ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख पर्व हो । विशेष गरेर यो पर्व शेर्पा समुदायले मनाउँदै आएका छन् ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्