अर्घाखाँची ।
अर्घाखाँचीको मालारानीमा आज बुधवार दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
मालारानी गाउँपालिका ४ नुगाली टोलमा लु ४ प २७९१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा स्थानीयवासी २७ वर्षीय कमल विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो ।
ट्रयाक्टर दुर्घटनामा घाइते भएका विकको उपचारका क्रममा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
ट्र्याक्टरमा चालकसहित तीन जना रहेकामा एक जना घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस्तै सामान्य घाइते भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुन १८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्