तिलोत्तमा
रुपन्देहीको तिलोत्तमा वडा नं–३ मा रहेको कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाले शनिबार रक्तदान कार्यक्रम गरेको छ । सहकारीको बार्षिक नियमित कार्यक्रम अन्तर्गत ४५ जनाले रक्तदान गरेका छन । नेपाल रक्त संचार केन्द्र बुटवलको प्राबिधिक सहयोगमा कार्यक्रम गरिएको हो ।
सहकारीको सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम गरिएको भन्दै सहकारीका अध्यक्ष यज्ञ प्रसाद सापकोटा ले मानवीय सेवा भावको विकास गर्न रक्तदान कार्यक्रम ले मद्धत गर्ने बताउनुभयो ।
रक्तदाताहरुलाई कार्यक्रम का प्रमुख अतिथि तिलोत्तमा वडा नं ३का अध्यक्ष टंक प्रसाद तिवारीले प्रमाणपत्र वितरण गर्नुभएको थियो । सो अबसरमा स्वास्थ्य उपसमिति संयोजक प्रभा भन्डारी, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, कार्यसमितिका सदस्यहरु साथै बिभिन्न उपसमिति संयोजक तथा सदस्यहरु, सल्लाहकारहरु, शेयर सदस्यहरु, कर्मचारी लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : शनिबार, फाल्गुन २१ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्