काठमाडौं ःः
नेकपा एमाले पाल्पा काठमाडौं सम्पर्क मञ्चको ११ औं सम्मेलनले निल सारु मगरको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । सर्वसम्मत निर्वाचित कार्यसमितीको उपाध्यक्षमा लक्ष्मण अधिकारी, सचिवमा दधिराम पोखरेल, सह सचिवमा सञ्जय भट्टराई र कोषाध्यक्षमा हरी भण्डारी रहेका छन् ।
नव निर्वाचित अध्यक्ष सारु मगरले पाल्पा जिल्लाको कम्युनिष्ट आन्दोलनमा पाल्पा सम्पर्क मञ्चको योगदान सदैव उल्लेखनिय रहेको उल्लेख गर्दै आगामी दिनमा मञ्चको राजनैतिक गतिबिधीलाई अझ शशक्त ढंगले अगाडी बढाउन सबैको भुमिका रहनुपर्ने बताए । पाल्पा जिल्ला हिजो पनि लालकिल्ला थियो, अब आउने चुनावमा पनि लाल किल्ला रहनेछ, उनले भने, –“पाल्पा जिल्लालाई आगामी चुनावमा लाल किल्ला बनाउनका लागि सम्पर्क मञ्चले महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ ।”
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज दल वहादुर रानाको प्रमुख अतिथ्यतामा सम्पन्न सम्मेलनले सम्पर्क समन्वय कमिटीका सह संयोजक थानेश्वर बश्याललाई समग्र सम्पर्क मन्चहरुको अभियानमा गरेको योगदानको कदर गर्दै दोशल्ला ओडाएर सम्मान गरियो ।
प्रकाशित मिति : आइतबार, फाल्गुन २२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्