५५ वैवाहिक वर्षगाँठको अवसरमा मानव सेवा आश्रममा भोजन

५५ वैवाहिक वर्षगाँठको अवसरमा मानव सेवा आश्रममा भोजन

बुटवल- तिलोत्तमा १ का समाजसेवी पुस्करनाथ पन्थ र पदम कुमारी पन्थले  ५५ वैवाहिक वर्षगाँठको अवसरमा मानव सेवा आश्रममा आश्रिहरूलाई भोजन गराउनुभएको छ ।

जन्मदिन र विवाह उत्सवलगायतका अन्य कार्यक्रममा गरिने अनावश्यक भोजभतेर र फजुल खर्च गर्ने प्रवृत्तिको अन्त्यका लागि तिलोत्तमाका समाजसेवी पुस्करनाथ पन्थ र पदम कुमारी पन्थले सो आश्रममा आश्रितहरूलाई भोजन गराउनुभएको हो । एक कार्यक्रमका विच सोमबार आश्रमका करिब ६० जना आश्रितहरूलाई भोजन गराइएको हो । यसरी ५५ औ विवाह उत्सवको अवसरमा मानव सेवा आश्रममा भोजन गराउन पाउँदा अत्यन्तै खुसी लागेको पन्थले बताउनुभयो । साथै यस अवसरमा साथ दिने सबैमा धन्यवाद समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा मानव सेवा आश्रमका संरक्षक अविभावक शेरबहादुर कार्की , कलाकार चिरन बराल , मनिस पन्थलगायतले बोल्नुभएको थियो । त्यस्तै कार्यक्रममा मानव सेवा आश्रम लुम्बिनी प्रदेश संयोजक सरू अधिकारी आश्रमका अविभावक चुन्न प्रसाद पौडैल साथै सम्पूर्ण पन्थ परिवारको उपस्थिति रहेको थियो । विवाह उत्सवको अवसर पारेर गरिएको यस मानवीय कार्यप्रति प्रशंशासमेत व्यक्त गरिएको छ । यसरी भोजन गर्न पाउँदा आश्रमका आश्रितहरूले पनि खुसी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : सोमबार, फाल्गुन २३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij