काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजारभन्दा तल झरेको छ । महामारीको तेस्रो लहर उत्कर्षमा पुग्दा गएको माघ १३ गते ९० हजार पाँच सय नाघेको सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै आज शुक्रवार एक हजार नौ सय ६० मा झरेको हो । पछिल्लो २४ घण्टामा दुई सय ७१ जना निको भए ।
यस्तै पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार तीन सय ४२ जनाको नमुना परीक्षण गर्दा १८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
याे अवधिमा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन । यसैबीच पछिल्लो २४ घण्टामा ६४ हजार तीन सय ४७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ११ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्