काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९४० जनाको पीसीआर परीक्षणमा २५ जना र १ हजार २५२ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी २६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ७७ जना निको भएका छन् भने हाल देशभर १ हजार १४६ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ हजार ९६ जना होम आइसोलेसनमा रहेका छन् भने ५० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १८ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५३४ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६५ हजार ३०५ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति : बुधबार, चैत्र १६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्