चौबिस घण्टामा थपिए २२ संक्रमित, ७५ जना डिस्चार्ज

चौबिस घण्टामा थपिए २२ संक्रमित, ७५ जना डिस्चार्ज

काठमाडौं । नेपालमा गत चौबिस घण्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार ५१६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १६ जना र १ हजार ३१९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६ जना गरि कुल २२ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हाल १ हजार २२ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ७५ जना कोरोना संक्रमण निको भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ६५ हजार ४६९ पुगेको छ ।

निको हुनेदर ९८ दशमलव ७ प्रतिशत पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या पछिल्लो समय शून्यमा झरेको छ । चौबीस घण्टामा देशभरबाट थप ५९ हजार ५४३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij