माओवादी दलित समुदायको मित्र हो : पूर्व सांसद पहाडी

माओवादी दलित समुदायको मित्र हो : पूर्व सांसद पहाडी

बुटवल – नेकपा माओवादी केन्द्र ले दलित समुदायको जीवन मा आमूल परिवर्तन ल्यएको छ । मुलुक माओवादी युद्ध नभएको भए राज्य मा दलित सभागिता शून्य हुने थियोे। सो कुरा संविधान सभा सदस्य बिनोद पहाडी ले बताउनु भएको हो । सैनामैना नगरपालिका ७देवपार मा आयोजित दलित मुक्ति मोर्चाको सभा लाई सम्बोधन गर्दै बताउनु भएको हो । उहाँ ले जनयुद्ध आन्दोलन को बलमा सम्विधान मा दलित सवाल सम्बोधन भएको कुरा बताउनु भयो । दलित समुदायको मित्र शक्ति माओवादी भएकाले आगामी निर्वाचन मा बिजय गराउन आबहान गर्नु भयो । कार्यक्रम मा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य दिपा बि क ले दलित र महिला हकका कुरा संविधानमा भए पनि राज्य र अन्य राजनीतिक दलले बेवास्ता गरको कुरा बताउनु भयो ।
सभामा माओवादी नेता रोम नाथ न्यौपाने धन बहादुर बि क राम बहादुर बि क उमकन्त घिमिरे शान्ता थापा जय बहादुर सार्की लगाएत ले मनत्ब्य व्यक्त गर्नु भएको थियोे । भेला मा सैनामैना एरियाका सयो जनता को सहभागिता रहेको थियोे

प्रकाशित मिति : शनिबार, चैत्र १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij