सैनामैना- नेपाली काँग्रेस वडा नंं. ७ को सम्पर्क पार्टी कार्यालयकोे उद्घाटन र यूवा परिचालन समिति गठन गरिएको छ । सैनामैना—७ देउवापारमा स्थापना गरिएको कार्यालयकोे नेपाली काँग्रेस जिल्ला सभापति रामकृष्ण खाँणले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएकोे छ । सो कार्यालयको उद्घाटन गर्दै काँग्रेस जिल्ला सभापति रामकृष्ण खाँणले काँग्रेसले तिनै तहको निर्वाचन जित्ने दाबी गर्नुभएको छ । काँग्रेसले जनताको जनभावना बुझेर गाउँगाउँमा संगठन विस्तार गरेको छ उहाँले भन्नुभयो—काँग्रेसप्रति जनताको विश्वास र अकार्षक बढेको छ, पार्टी संगठनात्मक रुपले बलियो भएकोले चुनाव जित्ने निश्चित छ । सभापति खाँणले राष्ट्रियता, मुलुकको शान्ति, समृद्धि र विकासका लागि रुपन्देहीमा पाँच दलले चुनाबी गठबन्धन गरेको जानकारी गराउनुभयो । उहाँले पाँच दलिय चुनाबी गठबन्धन देखेर एमाले अतालिएको भन्दै एमालेको ज्यातदीको विरुद्ध चुनाबी तालमेल आवश्यक रहेको ठहर गर्नुभयो । उहाँले नेकपा ऐमाले नेतृत्वको दुई तिहाई बहुमत प्राप्त सरकारले सरकार चलाउन सकेन, भ्रष्टचार, आर्थिक मन्दी सिर्जना, सुकुम्बसीलाई लालपुर्जा वितरण गर्ने लगायतका झुठा आश्वसन र एमसीसीका बारेमा भ्रम सिर्जना गरेकोले जनताको घर—घरमा गएर काँग्रेसले गरेका राम्रा कामको बारेमा बुझाउन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । केपि ओली नेतृत्व सरकारले दृघ रोगीलाई दिने भनिएको मासिक भत्ता खरेज भएकोमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले लोक कल्याणकारी योजना ल्याएको बताउनुभयो । उहाँले मिर्गौला प्रत्यारोपण, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता पाउने निर्णय भएको बताउनुभयो। उहाँले मिलेनियम च्यालेन्ज कार्पोरेसन एमसीसी नेपालको हितमा रहेको भन्दै एमसीसी परियोजनाबाट मुलुकको विकास निर्माणको कार्यहरुमा सहयोग पुग्ने बताउनुभयो । अब आगामी तिनै तहको निर्वाचनमा काँग्रेसलाई बहुमतका साथ विजयी गराउने तर्फ सबैलाई लाग्न सभापति खाँणले आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेस सदस्य प्रचण्ड न्यौपानेले अबको चुनाबमा काँग्रेसले शिक्षा र स्वास्थ्यलाई मुल एजेण्डा बनाएर निर्वाचन लड्ने बताउनुभयो । उहाँले भन्नुभयो— काँग्रेसले विकास, सिद्धान्ता र विवेकको राजनिति गर्छ, त्यसकारण काँग्रेसलाई यो वा त्यो बहानामा हार्ने छुट छैन । उहाँले कम्युनिष्टको समाजवादलाई नक्कली भन्दै यसबारे समाजमा छरिएका भ्रमहरु चिर्न अनवरत लागि पर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य चित्र बहादुर कार्कीले बिगतमा काग्रेसका सकारात्मक कुराहरुलाई गाउँ गाउँ टोल टोल सम्म पुञ्याउन नसक्दा काग्रेसले पराजय भोग्नुपरेकाले अब त्यो कुरालाई मध्यनजर गर्दै सबैले गाउँ टोलमा गएर निर्वाचनलाई आफ्नो पक्षमा पार्ने गृहकार्यमा लाग्न सबैमा अनुरोध गर्नुभयो । लुम्बिनी प्रदेश सदस्य माया ज्ञवाली, नेपाली काँग्रेस निवर्तमान् जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्मा, नेपाली काँग्रेस महासमिति सदस्य विष्णु पोख्रेल, जिल्ला सदस्य नारायण खनाल, काँग्रेस नगर सभापति रण बहादुर खनाल, तरुण नगर सभापति राजकुमार चौधरी लगायतले बोल्दै कम्युनिष्ट सरकारले गरेका गलत क्रियाकलापको बारेमा अामजनतामा खबरदारी गर्दै काँग्रेसलाई जिताउन एकरुपताका साथ अगाडी बढ्न आग्रह गरेका थिए । नेपाली काँग्रेस वडा नंं. ७ मा यूवा परिचालन समिति गठन गरिएको छ । चित्र बहादुर थापाको संयोजकत्वमा २६ सदस्यीय यूवा परिचालन समिति गठन हो । जसको सह—सहसंयोजकमा ईश्वर दर्लामी र मिन बहादुर श्रीस, सचिव सुरज गुरुङ्ग, सह—सचिब दिल बहादुर श्रीस्, कोषाध्यक्ष नवराज कार्की चयन भएका छन् । सदस्यहरुमा बुद्धिसागर चौधरी, कृष्ण थापा, सुमन पौडेल, विजय चौधरी, रामु मिधुन, सुमन काउछा, चुरामणी श्रीस्, अर्जुन ज्ञवाली, विसाल पौडेल, बाबुलाल कुमाल, विजय थापा, सुमन आचार्य, हेमन्त छन्तेल, धुव्र नारायण चौधरी, युवराज वराल, निशान पाण्डे, बाबुराम पाण्डे, दिपक पाण्डे, अर्जुन मौर्या र भिम बहादुर दर्लामी रहेका छन् । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करिब १०० जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नव प्रवेशीलाई नेपाली काँग्रेस जिल्ला सभापति रामकृष्ण खाण, काँग्रेस लुम्बिनी प्रदेस सदस्यहरु प्रचण्ड न्यौपाने, चित्र बहादुर कार्की, माया ज्ञवाली, नेपाली काँग्रेस निवर्तमान् जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्मा लगायतले टिका खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । नेपाली काँग्रेस वडा नंं. ७ का सभापती टिकाराम उप्रेती सभापतित्व उपसभापति शिवराज पोख्रेलको स्वागत तथा सचिब कृष्ण ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति : शनिबार, चैत्र १९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्