काठमाण्डाै – इस्लाम धर्मावलम्बीको पर्व रमजान शुरु भएको छ । रमजान पर्वमा मुस्लिम समुदायले एक महिनाभर बिहान सूर्योदय हुनु अघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत नखाई रोजा बस्छन् ।
उर्दू क्यालेण्डर अनुसार बिहान सवा ४ बजेदेखी बेलुका ६ बजेर २० मिनेट सम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन हुने गर्छ ।
रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ । दान दिनु गरीब र दीनदुःखीलाई सेवा गर्नु यो महिनाको मुख्य विशेषता हो ।
प्रकाशित मिति : आइतबार, चैत्र २० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्