लोकतन्त्र बचाउन गठबन्धन आवश्यक छ : सभापति पुन

लोकतन्त्र बचाउन गठबन्धन आवश्यक छ : सभापति पुन

बुटवल

लुम्विनी प्रदेशमा गठवन्धन दलहरुले मतको आधारमा उमेदवारी बाँडफाँडको तयारी गरेका छन् । विगतको मतको आधार, उमेदवारीको लोकप्रियता आधारमा तालमेल गरेर चुनावी मैदानमा जाने अन्तिम तयारीमा रहेको नेताहरुले वताएका छन् ।
रिर्पोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेश बुटवलले आयोजना गरेको स्थानिय तहमा दलहरुको राजनितिक अवस्था विषेयक साक्षात्कार कार्यक्रममा नेपाली काँग्रेस लुम्विनी प्रदेशका सभापति अमर बहादुर पुनले गठवन्धन दल भित्र पार्टीहरुले आ—आफ्नो मत आधार संकलन गरिरहेको र त्यसैका आधारमा उमेदवारी दिने बताउनुभयो । लुम्विनी प्रदेशमा गठवन्धनको अत्याधिक बहुमत आउने उहाँको दावी छ ।
रिर्पोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा भएको सो कार्यक्रममा सभापति पुनले गठवन्धन दलहरुले चुनावी तालमेलमा अक्षरस पालना गर्ने बताउनुभयो । उहाँले देश र जनतालाई समृद्धि वनाउँछौं भन्ने एमालेले संसद बैठकलाई अवरोध गरेर जनताका आवाजलाई कुण्ठित गरेको आरोप लगाउनुभयो ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले लुम्विनी प्रदेशमा आफ्नो पार्टीले ६० प्रतिशत जित हात पार्ने दावी गर्नुभयो । प्रदेशका १ सय ९ वटा पालिकाहरुको सर्वेक्षण अनुसार ६० प्रतिशत भन्दा धेरै जित हासिल गर्ने उहाँको भनाई छ । उहाँले एमाले जनताको प्रिय पार्टी भएकाले जस्तोसुकै गठवन्धनले पनि फरक नपार्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा नेकपा माओवादी केन्द्रका संसदिय दल लुम्विनी प्रदेशका प्रमुख सचेतक तुलाराम घर्तीले सत्ता गठवन्धनलाई आगामी निर्वाचनमा पनि निरन्तरता दिनेमा जोड दिनुभयो । प्रदेशका सवै स्थानिय तहहरुमा आफ्नो पार्टीले सर्कुलर गरेको र सोही अनुरुप पालिकामा निर्वाचन संयन्त्र परिचालन समिति गठनको छलफल भैरहेको बताउनुभयो ।
त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)का केन्द्रिय सदस्य छन्द पन्थीले ठूला दलका नेताहरुले झुटको राजनिति गर्दै आएको बताउनुभयो । निर्वाचनको समयमा मिठा भाषण र जनतालाई आश्वासन दिने दलहरुले निर्वाचन पश्चात् प्रतिवद्धता पुरा नगर्ने गरेको भन्दै बेईमानीको राजनिति नगर्न सुझाव दिनुभयो ।

प्रकाशित मिति : सोमबार, चैत्र २१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij