निर्वाचनवाट सही जनमत प्रकट हुने वातावरण बनाउन पत्रकारिता क्षेत्रले भूमिका खेल्ने छ: महासंघ अध्यक्ष पोख्रेल

निर्वाचनवाट सही जनमत प्रकट हुने वातावरण बनाउन पत्रकारिता क्षेत्रले भूमिका खेल्ने छ: महासंघ अध्यक्ष पोख्रेल

दाङ,

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले आसन्न स्थानीय निर्वाचनवाट सही जनमत प्रकट हुने वातावरण बनाउन पत्रकारिता क्षेत्रले भूमिका खेल्ने बताएका छन् । मोउनले निर्वाचनको समयमा सन्तुलित सामग्री पस्केर पत्रकारिताको विश्वसनीयता अभिबृद्धि गर्न पत्रकारहरुलाई आग्रह पनि गरे ।

नेपाल पत्रकार महासंघको दाङ शाखाको कार्यालयमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष पोख्रेलले निर्वाचनको समयलाई पत्रकारिता क्षेत्रको बिश्वसनीयता अभिबृद्धि गर्ने अवसरको रुपमा लिनुपर्ने भन्दै पत्रकार आचारसंहिताको पालनामा बिशेष ध्यान दिन आग्रह गरे । ‘हरेक संचार संस्था र पत्रकारहरुलाई आचार संहिताको पालना गर्न र समाजप्रति उत्तरदायी बन्न आग्रह गर्दछु’ उनले भने ।

निर्वाचनमा अत्यधिक मतदाताको सहभागिता सुनिश्चित गर्न तथा प्रभाव र दवाव विना सही जनमत अभिव्यक्त हुने वातावरण निर्माण गर्न पत्रकारिताले भूमिका खेल्नसक्ने उनको जिकिर थियो । ‘बैधानिक रुपमा जनभावता बुझ्ने प्रक्रियालाई निर्भयतापुर्वक सम्पन्न गर्न हामिले पनि योगदान दिनुपर्छ’ उनले, ‘म सबै साथीहरुलाई यो दायित्व निर्वाह गर्नका लागि आग्रह गर्दछु ।’

प्रकाशित मिति : सोमबार, चैत्र २१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij