स्थानीय निर्वाचन नजिकिँदै गर्दा लुम्बिनी प्रदेशमा काँग्रेसको वार्ता समिति गठन

स्थानीय निर्वाचन नजिकिँदै गर्दा लुम्बिनी प्रदेशमा काँग्रेसको वार्ता समिति गठन

नेपाली काँग्रेस लुम्बिनी प्रदेशले स्थानीय निर्वाचनको लागि वार्ता समिति बनाएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा काँग्रेसले लुम्बिनी प्रदेशमा गठबन्धनका दलहरुसंग वार्ता र संवादको लागि प्रदेश सभापति अमरसिंह पुनको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरेको हो ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको मंगलबार बसेको बैठकले सभापति पुनको संयोजकत्वमा नेता भरतकुमार शाह, उपपसभापति द्वय भुवनप्रसाद श्रेष्ठ, राजु खनाल र कोषाध्यक्ष प्रकाश राना सदस्य रहेको पाँच सदस्यीय वार्ता समिति बनाएको हो । उक्त समितिले सत्ता गठबन्धनमा रहेका दलहरुसंग चुनावी तालमेल कसरी गर्ने, सिट बाँडफाड लगायतका समग्र विषयमा छलफल गर्ने बैठकले गरेका निर्णयहरु जानकारी गराउनको लागि मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सभापति पुनले बताउनु भयो ।
पत्रकार सम्मेलनमा सभापति पुनले पार्टीहरुको मतभारका आधारमा टिकट वाडफाँड गरिने बताउँदै १०९ पालिका रहेको लुम्बिनी प्रदेशमा दुई तिहाई बढी स्थानीय तहमा काँग्रेसको दावी रहने बताउनु भयो । बैठकले सभापति पुनकै संयोजकत्वमा ५५ सदस्यीय स्थानीय निर्वाचन परिचालन समिति गठन गरेको छ । उक्त समितिमा नेता भरतकुमार शाह सहित कार्यसमितिका पदाधिकारी तथा प्रदेश अन्तरगतका जिल्ला सभापतिहरु समेतलाई समेटेर उक्त समिति गठन गरिएको हो ।
त्यस्तै प्रदेश कार्यसमितिका प्रवक्ता प्रचण्ड विक्रम न्यौपानेको संयोजकत्वमा १ हजार १०१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरिएको छ । प्रतिनीधि सभा क्षेत्रीय समितिमा प्रतिनीधित्व गर्नको लागि २६ जना प्रतिनीधि खताउने पनि निर्णय गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
त्यस्तै नेपाली काँग्रेस लुम्बिनीले माधव खरेलको संयोजकत्वमा ४ सदस्यीय अनुशासन समिति पनि गठन गरेको छ । अनुशासन समितिको सदस्यहरुमा महेन्द्र पाण्डे, प्रेमलता भट्ट र कृष्णप्रसाद अधिकारी रहनु भएको छ । त्यस्तै महामन्त्री विक्रम खनालको संयोजकत्वमा ५ सदस्यीय घोषणा पत्र लेखन समिति गठन गर्ने निर्णय गरिएको छ । घोषणा पत्र लेखन समितिको सदस्यहरु मनोनित गर्न संयोजक खनाललाई नै जिम्मेवारी दिईएको छ ।
त्यस्तैगरी काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको कार्यसम्पादन समिति गठन गरिएको छ । पार्टीको विधान अनुसार २७ सदस्यीय कार्यसम्पादन समितिमा हाल २३ जनाको प्रस्तावित नाम बैठकले अनुमोदन गरेको र बाँकी ४ जना थप गर्ने अधिकार सभापति पुनलाई प्रदान गरिएको छ । त्यस्तै पार्टीको विधान अनुसार विधानले तोकेका व्यक्तिबाहेक ९ जना कार्यसमिति सदस्यलाई संसदीय समितिमा मनोनित गर्ने सभापति पुनको प्रस्ताव अनुमोदन गरिएको छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij