JanataToday.com

Advertisment

SKIP THIS

वन क्षेत्र संरक्षणका लागि लैंगिकता तथा सामाजिक समावेशीकरण सम्बन्धि अभिमुखिकरण

वन क्षेत्र संरक्षणका लागि लैंगिकता तथा सामाजिक समावेशीकरण सम्बन्धि अभिमुखिकरण

बुटवल -वन क्षेत्र संरक्षणका लागि लैंगिकताका आधारमा  समानता हुन जरूरी रहेकाे सराेकारवालाले बताएका छन् । वनकाे नेतृत्व तहमा पुग्नका लागि ठूलै अान्दोलन नै गर्नुपरेकाे वन क्षेत्रका सराेकारवालाले बताएका छन् । जबसम्म महिलाहरू वनकाे नेतृत्व तहमा पुग्दैनन् तबसम्म अार्थिक पारदर्शिता नहुनेमा उनीहरूले जाेड दिएका हुन् । वन क्षेत्रमा लैंगिकता तथा सामाजिक समावेशीकरण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रममा बाेल्ने वक्ताहरूले साे कुरामा जाेड दिएका हुन् । वन वातावरण तथा भू संरक्षण मन्त्रालय लुम्बिनी प्रदेशकाे अायाेजना र सञ्चारिका समूह लुम्बिनी प्रदेशकाे समन्वयमा भएकाे कार्यक्रममा रूपन्देही , कपिलवस्तु , पाल्पा , नवलपरासी जिल्लाबाट सामुदायिक वनका पदाधिकारी तथा पत्रकार महिलाकाे उपस्थिति रहेकाे थियोे । कार्यक्रममा पत्रकार तथा वन क्षेत्रमा लामाे समयदेखि काम गर्नुभएका डि अार घिमिरेले महिलाहरूले के नै गर्न सक्छन् र भन्ने साेचले पद दिन अानाकानी गर्ने गरेकाे बताउदै यसका लागि महिलाहरू अात्मविश्वासका साथ अघि बढ्न जरूरी रहेकाेमा जाेड दिनुभयाे । उहाँले नेपालका अधिकांश वन अझैपनि समुदायमा हस्तान्तरण नगरिएको र गरिएका कतिपय सामुदायिक वनलाई फिर्ता लिन खाेजिएकाे दुखेसो व्यक्त गर्नुभयो । वनलाई हराभरा राख्नमा समुदायकै ठूलाे हात रहेकाे भन्दै सामुदायिक वनमा भित्रिएकाे विकृति र बेथितिलाई हटाउनुपर्नेमा जाेड दिनुभयाे । त्यस्तै पत्रकार तथा बल्ढेङ्गढी सामुदायिक वन पाल्पाका संस्थापक अध्यक्ष भुवन कार्कीले चुरे क्षेत्रमा चाेरी तस्करी बढी भएकाे बताउनुभयो । त्यसैगरी शिवनगर सामुदायिक वन सचिव श्यामकला अाचार्यले सामुदायिक वनभित्र कतिपय अवस्थामा केके भएकाे छ भन्ने कुरा महिला भएकै कारण थाहा नदिने गरेकाे गुनासाे गर्नुभयो । सामुदायिक वन उपभोक्ता महसंघ उपाध्यक्ष मिना पाण्डे क्षेत्रीले सामुदायिक वनमा राजनीति हावी भएकाे र असजिला काममा मात्रै महिलालाई सहभागी गराउने तर निर्णायक तहमा वास्ता नगर्ने कुरामा दुखेसाे पाेख्नुभयाे । त्यसतै सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय सदस्य बालिका बुढाथाेकीले महिला स्वयमले नै विविध कारण जिम्मेवारी लिन नचाहाने स्वीकार्नुभयाे । कार्यक्रममा वन वातावरण तथा भू संरक्षण मन्त्रालय लुम्बिनी प्रदेश सचिव दुर्गा कार्कीले जनसहभागिता बिना वन संरक्षण नहुने बताउँदै हामीले अधिकार खाेज्ने क्रममा अाफ्नाे कर्तव्यलाई पनि बिर्सन नहुने बताउनुभयाे । उहाँले २०३५/३६ सालबाट वनमा जनसहभागिता गराउँदै २०४६ सालमा सामुदायिक वनकाे अवधारणा ल्याइएकाले यसलाई उत्पादनकाे बाटाेतर्फ अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयाे । सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय सदस्य रिता घिमिरेकाे अध्यक्षता रहेकाे कार्यक्रमकाे सहजीकरण सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमाेलले गर्नुभएकाे थियो ।

प्रकाशित मिति : बुधबार, चैत्र २३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij