तिलोत्तमा नगरपालिकाको मेयर पदका उम्मेदवार तथा नेपाली कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाँणले बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा ७ सय ५३ तहमा एमालेले शुन्य स्थान प्राप्त गर्ने बताउनुभएको छ ।
उहाँले एमालेले सधै जनता झुक्याउने , भ्रम छर्ने काम गरेको र चुनावी घोषणा पत्रमा उल्लेख भएका कुनै काम नभएको बताउनु भएको हो । शनिबार कांग्रेसको तिलोत्तमा वडा नम्बर ६ को घरदैलो पश्चात कोण सभालाई सम्बोधन गर्दै नेता खाँणले तिलोत्तमाका मेयर बसुदेव घिमिरेले बाहिर सरकारी सेवा सुबिधा लिन्न भनेर जनतालाई झुक्याउने तर भित्र नितिगत रूपमै करोडौंको भ्रष्टाचार गर्ने गरेको आरोप लगाउनु भयो । एमाले सरकारमा हुँदा हरेक क्षेत्रमा भ्रष्टाचारले सीमा नाघेको र नीतिगत भ्रष्टाचारलाई एमालेले संस्थागत गरेको दावी नेता खाणले गर्नु भएको हो । नेता खांणले तिलोत्तमा नगरपालिकाले दुई वर्ष अघि गरेको लगानी सम्मेलन उपलब्धीहीन भएको बताउनुभयो । नगरपालिकाले नदिजन्य पदार्थको अनियन्त्रित ढंगले उत्खनन गरी भ्रष्टाचार गरेको, सरसफाइका नाममा भाडामा बस्नेहरुसंगबाट समेत कर असुलेको,स्थानीय सरकारलाइ एमालेका नेता कार्यकर्ता भर्ती केन्द्र बनाएर सरकारी ढुकुटीको दुरुपयोग गरेको बताउनुभयो । नेता खाँणले तीनै भ्रष्टाचारका काण्डबाट नगरलाइ मुक्त बनाउँदै सुशासन युक्त सून्दर र समृद्ध नगरपालिका निर्माणकालागि गठबन्धनका तर्फबाट आफुले उम्मेदवारी दिएको बताउनु भयो ।
त्यस्तै, गठबन्धनको तर्फबाट उपमेयर पदका उम्मेदवार तथा माओवादी केन्द्रका नेता हेमलाल पाण्डे हेमन्त ले जनता ले नेकपा एमाले लाई पत्ताउने आधार नभएको बताउनुभयो ।उहाँले एमालेले काम नगरी धेरै प्रचार गरेको बताउदै गठबन्धनको सरकारले प्रतिबद्धता पत्रमा समेटिएका बिषयहरुलाई पूरा गर्ने बताउनुभयो ।
वडा नम्बर छ का वडा अध्यक्ष पदका उम्मेदवार गणेश पाठकले गएको पाँच वर्ष सम्म वडावासीले वडा कार्यालयमा अनेक समस्या भोग्नु परेकाले त्यसलाई अन्त्य गर्न र सवैको साझा नेतृत्वको रुपमा आफूलाई जिताउन पाठकले आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य रोमणी प्रसाद पाठक, मावोबादी केन्द्रका हुमनाथ न्यौपाने ,मावोबादी केन्द्र नगर अध्यक्ष बेल प्रसाद सर्मा , नेपाली काङ्ग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे,युराज घिमिरे ,सागर पाठक सरद भण्डारी लगायतले बोल्नुभएको थियो ।
प्रकाशित मिति : आइतबार, बैशाख १८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्