देवदहमा गठबन्धनको चुनावी प्रचार प्रसार तिब्र पारिंदै

देवदहमा गठबन्धनको चुनावी प्रचार प्रसार तिब्र पारिंदै

देवदह,  ।

देवदहमा नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादी समेतको चुनावी गठबन्धनको प्रचार प्रसारलाई थप तिब्र पारिंएको छ । देवदहको भावी मेयर, उपमेयर र बिभिन्न वडामा अध्यक्ष र सदस्य पदका लागि भएको राजनैतिक गठबन्धनले आफ्नो चुनावी अभियानलाई थप तिब्रता दिएको हो ।

नेपाली काँग्रेस नेतृत्वको गठबन्धनले आज देवदहको वडा नं ११ र १२ नं वडामा घरदैलो तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । घरदैलो कार्यक्रम पश्चात आयोजित कोणसभामा बोल्दै मेयर पदका उमेदवार हिराबहादुर खत्रीले देवदह नगरको समग्र विकासका लागि नेपाली काँग्रेस नेतृत्वको गठबन्धनलाई जिताउन आग्रह गरेका छन् ।

मुलुकको आवश्यक्ता अनुसार देशलाई समृद्धतर्पm उन्मुख गराउन केन्द्रमा गठबन्धन सरकार रहेकाले केन्द्रको निर्देशन अनुसार आपूmहरु पनि गठबन्धन कायम गरेर चुनावी मैदानमा आएको बताउदै मेयरका उम्मेदवार खत्रीले आपूm संगसंगै गठबन्धनका उपमेयर पदका उमेदवार सुन्दरी गरीसहित सबैलाई जिताउन आग्रह गरेका हुन् ।

यसअघि ०७४ सालमा पनि मेयरमा निर्वाचित काँगे्रस नेता खत्रीले बिगतमा पनि आफुले देवदहलाई कृषि र पर्यटकीय क्षेत्रको बिकासमा बिशेष जोड दिएको चर्चा गर्दै आगामी दिनमा पनि भौतिक पुर्वाधार बिकास, सुकुम्बासी समस्या समाधान र पर्यटकिय स्थलहरुको संरक्षण र बिकासमा ध्यान दिने प्रतिबद्धता ब्यक्त गरेका छन् । नेपाली काँग्रेसका क्षेत्रिय सभापतिसमेत रहेका उम्मेदवार खत्री भन्छन– यसका लागि देवदहलाई सवल रुपमा अब्बल बनाउन विभिन्न योजनाहरु अगाडी सारिएको छ । हामी पुरा गरेरै छाड्छौं ।

देशमा भएका हरेक विकास र परिवर्तनहरु कांग्रेसकै सरकारको पालामा भएको र पछिल्लो समय देशमा आईपरेको हरेक समस्यामा नेपाली कांग्रेस र माओवादी केन्द्र लगाएतको गठबन्धनले देशलाई निकास दिएको भन्दै नेता खत्रीले देशको विकास र निकासलागि गठबन्धनको विकल्प नभएको उल्लेख गरेका छन् । खत्रीले भने– नेपाली कांग्रेस सदैव आम नागरिकको पार्टी भएको र जनताको इच्छा र अनुसारनै काम गर्ने पार्टी हो ।

उपमेयर पदका उमेदवार सुन्दरी गिरीले देशमा महिला, दलित, पिछडिएको वर्ग र जातजातिले स्वतन्त्र भएर बाँच्न लगाएतका आफना हक अधिकार प्राप्त गर्न नेकपा माओवादी केन्द्रको सरकार आएपछि पाएको बताउदै आपूmहरुलाई हरेक समयमा साथ दिने नेपाली कांग्रेसका उमेदवार र आपूmलाई मतदान गर्न आग्रह गरेकी छन् ।

महिलाहरुको हकअधिकार र स्व्तन्त्रताको लागि आपूm जनयुद्धमा होमिएको स्मरण गर्दै आफुले महिलाहरुको हरेक समस्यालाई राम्रो संग बुझेको र आगामी दिनमा महिला दिदीबहिनीहरुको भावना अनुरुप काम गर्ने नेतृ गिरीले उल्लेख गरेकी छन् ।

देवदह नगरको समग्र विकास गर्नका लागि र आफुहरुले लिएको प्रतिवद्धता पूरा गर्नका लागि गठबन्धनको जितको आवश्यकता भएकाले देवदहलाई समुन्नत नगर बनाउन आफनो गठबन्धनलाई भोट दिएर जिताउन आम मतदातालाई गिरीले पुनः आग्रह गरेकी छन् ।

प्रकाशित मिति : मंगलबार, बैशाख २० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij