बुटवल,
रुपन्देहीको बुटवल ११ कालिकानगर योगिकुटी नजिकमा रहेको जग्गामा आफ्नो नाम षडयन्त्रपूर्वक जोडेर भ्रामक प्रचार गरिएको प्रति रामकृष्ण खांणले आपत्ती जनाएका छन् ।
उनले भनेका छन् –‘ त्यो मेरो जग्गा होइन, ससुरा जंगबहादुर शाहले श्रीमतीलाइ दिएको लालपूर्जावाला जग्गा हो ,त्यहां कसैको जग्गा पनि मिचिएको होइन ,गलत प्रचार भएको प्रति खण्डन गर्छु, ।’
बुटवल नगरपालिकाको स्विकृतीमा नापजांज गरि ती टहरा बनाइएको उनले बताए । उनी अहिले कांग्रेस सभापति तथा तिलोत्तमाका मेयर उम्मेदबार रहेका उनलाइ श्रीमतीको नाममा रहेको जग्गामा जोडेर नकारात्मक प्रचार गरिएको थियो ।
केहि मिडियाले सुनियोजित ढंगले आफुमाथि प्रहार गरेको भन्दै उनले जग्गा मिचेको प्रमाण देखाउन चुनौती दिदै प्रमाणित गर्नसके तत्काल भत्काउन तयार रहेको बताए ।
मेयरका उम्मेदवार खांणले एमालले पराजित मानसिकता बोकेर आफ्नो परिवारमाथि आक्रमण गरेको प्रति दुख ब्यक्त गरे ।खाँणले गलत समाचार लेख्ने मिडियालाई कारबाही गर्न प्रेस काउन्सिलसँग माग गरे ।
सोहि टहराको छेउमा घर रहेका पूर्व सिद्धनगर टाेलबिकास संस्थाका निबर्तमान अध्यक्ष ज्योति अर्यालले दायांबांयाका साक्षी राखेर स्वीकृतिमा ती टहरा बनाइएको जानकारी दिए । आफुहरुको जग्गा नमिचिएको उनको भनाइ छ । संगै सिद्ध खानेपान का अध्यक्ष भरत पाठकको पनि दुई तले भवन छ । यी सबै मापदण्डभित्रै रहेका छन् ।
प्रकाशित मिति : मंगलबार, बैशाख २७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्