भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउँदै, तयारी तीव्र

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउँदै, तयारी तीव्र

काठमाण्डाै – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुुम्बिनी भ्रमणका लागि तयारी तीव्र पारिएको छ ।

मोदी जेठ दुई गते गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउने कार्यक्रम छ । प्रधानमन्त्री मोदीको भ्रमणका लागि सुरक्षा व्यवस्था मिलाउन हिजो भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेसल प्रोटेक्सन गार्ड) लुम्बिनी आइपुगेको छ ।

भारतीय वायुसेनाको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सुरक्षाकर्मी र मोदीले प्रयोग गर्ने गाडी ल्याइएको हो । टोली लुम्बिनी पुगेको र नेपाली सुरक्षाकर्मीको समन्वयमा सुरक्षा रणनीति बनाइरहेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले हेलिप्याड, मर्मतसम्भार, सरसफाइलगायतका काम अन्तिम चरणमा पुर्याइएको बताउनुभएको छ ।

प्रकाशित मिति : बिहिबार, बैशाख २९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij