बुटवल उपमहानगर : मेयरमा कांग्रेसका खेलराज,उपमेयरमा राप्रपाकी भगवतीको अग्रता

बुटवल उपमहानगर : मेयरमा कांग्रेसका खेलराज,उपमेयरमा राप्रपाकी भगवतीको अग्रता

बुटवल,वैशाख ३१ ।

रूपन्देहीको बुटवल उपमहानगरपालिकामा मतगणना जारी छ । यहाँ सत्ता गठबन्धनले शुरुवाती अग्रता लिएको छ । अहिले बुटवल वडा न १ मा ६०० मत गणना सकिएको छ ।

कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले अग्रता लिएका छन् । वडा १ बाट कांग्रेसका खेलराज पाण्डेले २५६ मत पाउँदा राप्रपाका मृगेन्द्रकुमार शेरचनले १२८ र नेकपा एमालेका बावुराम भट्टराईले ९४ मत पाएका छन् ।

उपमेयरमा भने राप्रपाकी भगवती पाण्डेले अग्रता लिएकी छन् , उनले १३० मत ल्रयाउँदा एमालेबाट उपमेयरकी उम्मेदवार साबित्रा अर्यालले ११६ ल्याइन् भने गठबन्धनबाट उपमेयरमा उम्मेदवार नेकपा एसका चीनबहादुर गुरूङले ९७ मत पाएका छन् ।

वडा न १ मा पुतली चुनाव चिन्ह सबैभन्दा अगाडी छ । जसका स्वतन्त्र उम्मेदवार उठेका नरेन्द्र बस्नेतले २२१ मत पाएका छन् । एमालेले १४६ र कांग्रेसले ९७ मत पाएको छ ।

प्रकाशित मिति : शनिबार, बैशाख ३१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij