बुटवलको मेयरमा नेपाली कांग्रेसको अग्रता

बुटवलको मेयरमा नेपाली कांग्रेसको अग्रता

बुटवल -रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।बुटवल वडा नम्बर १ मा सबै १९ सय ७४ मत गणना गर्दा काङ्ग्रेसबाट मेयरका उम्मेदवार खेलराज पाण्डेले ८ सय ४३ मत ल्याएका छन्।
राप्रपामा उम्मेदवार मृगेन्द्र शेरचन दोश्रो छ । उनी र पाण्डे बीच ४ सय २९ मतान्तर रहेको छ। शेरचनको पक्षमा ४ सय १४ मत खसेको छ ।अघिल्लो पटकको बिजेता एमाले तेस्रो स्थानमा रहेको छ। एमालेका बाबुराम भट्टराईले ३ सय ४० मत ल्याएका छन्। पाण्डे भन्दा ५०३ मतले कम ल्याएर उनले पिछा गरिरहेका छन् । बुटवलमा अहिले वडा नम्बर २ र १९ को मत गणना भइरहेको छ।वडा नम्बर २ मा ३०० मत गन्दा कांग्रेसका मेयर पदका उममेदवार पाण्डेले १४० मत प्राप्त गरेका छन भने एमाले बाट मेयरका उम्मेदवार भटराइले ७६ मत पाएका छन भने राप्रपाले ५१ मत पाएको छ । त्यस्तै वडा नम्बर १९ को ५०० को मतगणना हुँदा कांग्रेसका पाण्डेले २३५ प्राप्त गरेका छन भने एमालेका उम्मेदवार २०२ मत ल्याएका छन् ।

प्रकाशित मिति : शनिबार, बैशाख ३१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij