तिलोत्तमा अपडेट :२७ हजार मत गणना काङ्ग्रेसका खांणले लिए अग्रता

तिलोत्तमा अपडेट :२७ हजार मत गणना काङ्ग्रेसका खांणले लिए अग्रता

बुटवल -रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गणना भएको २७ हजार ३ सय ४० मतको परिणाम सार्वजनिक गर्दा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खांणले अग्रता लिएका छन्।

बिहान ५ः ३० बजे सार्वजनिक भएको मत परिणाम अनुसार उनलाई नेकपा एमालेका उम्मेद्वार मोहन चापागाईंले पछ्याई रहेका छन्।

खांणले १० हजार ५ सय ६२ मत प्राप्त गर्दा एमालेका चापागाईले १० हजार ४ सय ९९ मत प्राप्त गरेका छन्। खाण भन्दा चापागाई ६३ मतले पछाडी परेका छन्।

उप प्रमुख पदमा भने एमालेको तर्फबाट उम्मेदवार बनेकी जगेश्वरी दोब्बर बढीको अर्थात ५ हजार १ सय ८९ मतले अगाडी छन्। एमालेकी जागेश्वरीदेवि चौधरीले १० हजार २ सय १ मत पाउदा उनका निकटतम प्रतिद्धन्धी गठबन्धन दलको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डेको गोलाकार भित्र हँसिया हथौडामा ५ हजार १२ मत प्राप्त भएको छ।

तिलोत्तमा नगरपालिकामा हाल सम्म वडा नं १, २, ३ १५,१६र १७ नं वडाको अन्तिम परिणाम आई सकेको छ। ति वडा मध्ये वडा नं १ र १५ मा नेकपा एमालेले बिजय हासिल गरेको छ भने वडा नं २,३ १६ र १७ मा नेपाली कांगे्रसले बिजय हासिल गरेको छ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij