निगमका निर्देशक थानी र मेयर खाणद्वारा भलवारी डिपोमा आगलागीले पुर्‍याएको क्षतीको निरीक्षण

निगमका निर्देशक थानी र मेयर खाणद्वारा भलवारी डिपोमा आगलागीले पुर्‍याएको क्षतीको निरीक्षण

बुटवल,

नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानी र तिलाेत्तमाका मेयर रामकृष्ण खाणले रुपन्देहीस्थित निगमको डिपोअगाडि ट्यांकरमा भएको आगलागीले पुर्‍याएको क्षतिको निरीक्षण गरेका छन्।

शुक्रबार बिहान ११ बजेतिर लु २ ख २६५६ र लु २ ख ५६८७ नम्बरको ट्यांकरमा भएको आगलागीले क्षति पुर्‍याएपछि यसबारे निगमका तर्फबाट थानीले अवलोकन गरेका हुन्।

रुपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपो अगाडि राखिएका दुई वटा ट्यांकरमा हिजाे आगलागी भएको थियो। प्रबन्ध निर्देशक थानी र मेयर खाणले आगामी दिनमा हुने यस्तो प्रकारका आगलागी घटना हुन नदिन अत्यावश्यकीय सामग्रीको थप व्यवस्था गर्ने बताएका छन्।

शुक्रबार बिहान डिपोमा ट्यांरबाट तेल खन्याएपछि अचानक आगलागी भएको प्रहरीले जनाएको छ। सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।

प्रकाशित मिति : शनिबार, जेष्ठ १४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij