काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले आउँदाे आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रमा ३२ प्रतिशतले वृद्धि हुनु क्रान्तिकारी कदम भएको बताउनुभएको छ ।
आज मङ्गलवारको प्रतिनिधि सभा बैठकमा आ. व. २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिकाे छलफलमा भाग लिँदै सांसद पुनले आउँदाे बजेटमा कृषि क्षेत्रले संरचनागत परिवर्तनको दिशा समातेकाे बताउनुभयो । उहाँले कृषि क्षेत्रमा ३२ प्रतिशतले बजेट वृद्धि हुनु क्रान्तिकारी कदम भएको बताउनुभयो ।
सांसद पुनले कृषिको आधुनिकीकरण, वैज्ञानिकीकरण गर्दै उत्पादन वृद्धिको कुरा बजेटमा समेटिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘वर्षैभरि काम गर्ने तर खान पनि नपुग्ने अवस्थालाई अन्त्य गर्नका लागि कृषि क्षेत्रको आधुनिकीकरणको कार्यक्रम आएको छ । कृषि क्षेत्रको उत्पादन वृद्धि गर्ने कुरा आएको छ । कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्ने र व्यवसायिकरण गर्ने कुरा बजेटले गरेको छ । कृषिमा ३२ प्रतिशतले बजेट वृद्धि आफैँमा एउटा क्रान्तिकारी कदम नै हो ।’उहाँले कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्ने र व्यवसायीकरण गर्दै त्यसको नेतृत्व गर्ने जिम्मा संघ, प्रदेश र स्थानीय तहलाई दिने कुरा नयाँ विषय भएको बता seeउनुभयो
प्रकाशित मिति : मंगलबार, जेष्ठ १७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्