तिलोत्मालाई श्रमीक मैत्री बनाउने नगरप्रमुख खाणको भनाइ

तिलोत्मालाई श्रमीक मैत्री बनाउने नगरप्रमुख खाणको भनाइ

बुटवल
नेपाल ट्रेड युनियन काँग्रेस तिलोत्तमा नगर कमिटिले आज तिलोत्तमा नगरपालिकाका नगरप्रमुख र वडा नं. १४ का वडाध्यक्षलाइ बधाइ तथा सम्मान कार्यक्रम गरेको छ । तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाण र ट्रेड युनियन काँग्रेस तिलोत्तमा नगर कमिटिका सल्लाहकार समेत रहेका वडा नं. १४ का वाड अध्यक्ष आश्विन पौडयाललाइ ट्रेड युनियन नगर कमिटि अध्यक्ष भरत भुसालले सम्मान पत्र र खादा लगाएर सम्मान गर्नु भएको हो । सो अवसरमा बोल्दै नगरप्रमुख खाणले तिलोत्तमालाइ श्रमिक मैत्री नगर बनाउने र श्रमको सम्मान र उचित मुल्याङ्कन हुने परिपार्टीको विकास गर्ने बताउनु भयो । राजनीतिक आस्थाका आधारमा कसैलाइ पनि काखापाखा नगरी समग्र श्रमीकहरुसंग सहकार्य गरेर अगाडी बढ्ने उहाँले प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा सल्लाहकार तथा वडा नं. १४ का वडाध्यक्ष आस्विन पौडेल, ट्रेड युनियन नगर कमिटि अध्यक्ष भरत भुसाल सचिव राजकुमार वाग्ले लगायतले नवनिर्वाचित जनप्रतिनिधहरुलाइ बधाइ तथा सुभकामना दिनु भएको थियो ।

प्रकाशित मिति : सोमबार, जेष्ठ २३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij