हेर न साथि त्यो डांडा माथि
चरीको गुंड छ
सिसौको रुखको हाँगामा हेर
चरीको गुंड छ
झिंजा र झिंजि बटुली ल्यायो
हेर त चुच्चोमा
हेर्दामा सानो त्यो फुच्चे चरो
सीपालु कति छ
भुर्र उड्छ बचेरा पाल्न
चारा छ खोजेको
हांगामा बसी जोखना हेर्छ
पाइन्छ की रोजेको
न घाम भन्छ न पानी भन्छ
मेहनेती धेरै छ
चां चां र चुं चुं बचेरा गर्छन
ओकेल्न बेर छ
कलाकार भन्दा कम छैन हेर
सुन्दर गुंड छ
कलात्मक उस्तै हेरीरहुं लाग्ने
क्या राम्रो घर छ
फकाउन होकी साथीलाई उस्को
हेरन नाचेको
घाँसका त्यान्द्रा बटुली ल्यायो
शिकारी चराले
सुन्दर गुंण बनाई बस्यो
हेरेहै सबैले
रुखका पात मिलाइ मिलाइ
बनायो राम्रो गुंण
एउटा प्वाल राख्यो है हेर
आउन र जान लाई
ईन्जिनियर भन्दा रैछन है यसलाई
हुनाले मेहनेती
प्रकाशित मिति : मंगलबार, जेष्ठ ३१ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्