लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनल प्रवेश

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनल प्रवेश

काठमाडौं – मलेसियामा जारी एसीसी महिला टी(२० च्याम्पियनसिपअन्तर्गत नेपालले बहराइनलाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ ।

मलेसियास्थित किनरारा क्रिकेट मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालका बलर कविता कुँवर, अस्मिना कर्मचार्य र सबनम राईले समान २ विकेट लिँदै बहराइनलाई १४ रनमै समेटेपछि नेपालले सहज जित निकालेको हो ।

बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३।४ ओभरमा २ विकेट पूरा गरेको हो । वर्षाका कारण सात ओभरमा घटाइएको खेलमा बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै जम्मा १४ रन बनाएको थियो ।

कविता, अस्मिना र सबनम तीन बलरले समान २ विकेट लिँदै बहराइनलाई १४ रनमै समेटेका थिए ।

 

१५ रनको लक्ष्य भेटाउने क्रममा नेपालकी सीता राना मगरले ४ रन र कविता जोशीले ३ रन बनाए । बहराइनका लागि पविथ्रा सेट्टी र भिल्सिता बर्बोजाले समान एकरउक विकेट लिए ।

लगातार तेस्रो जित निकालेको नेपाल समूह बी मा ३ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ । नेपालले यो खेल जितेसँगै सेमिफाइनलमा पुगेको छ ।

यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो ।

प्रकाशित मिति : सोमबार, असार ६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij