JanataToday.com

Advertisment

SKIP THIS

साउन १ गतेदेखि लुम्बिनी अस्पतालमा टिकट र बेड नि:शुल्क

साउन १ गतेदेखि लुम्बिनी अस्पतालमा टिकट र बेड नि:शुल्क

बुटवल – साउन १ गतेदेखि लुम्विनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा ओपिडी र इमर्जेन्सी टिकट तथा बेड नि:शुल्क हुने भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७९।८० को वजेटमा लुम्विनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई ओपिडी र इमर्जेन्सीको टिकट तथा बेडमा शुल्क नलिने घोषणा साउन १ गतेदेखि कार्यान्वयनमा आउन लागेको हो । ओपिडी र बेड नि:शुल्क गर्न वजेटमा एक करोड ५० लाख रुपैया बिनियोजन भएको छ । ‘टिकट शुल्क नलाग्ने भएपनि विरामीहरुले टिकट काउन्टरबाट टिकट भने लिनुपर्छ’– लुम्विनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले भने ।
रगत पनि नि:शुल्क
यस्तै साउन १ गतेदेखि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने विरामीहरुका लागि अब रगत पनि नि:शुल्क हुने भएको छ । रगत निशुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसंचार सेवा केन्द्रबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सरकारले वजेटमा निशुल्क रगतका लागि ३ करोड रुपैयां वजेट छुट्टाएको छ । अस्पतालकातर्फबाट मेडिकल सुपेरिटेण्डेन डा. इन्द्र ढकाल र रक्तसंचार केन्द्रका तर्फबाट प्रदेश महासचिव कृष्ण पंगेनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
अस्पतालमा आएका विरामीले चिकित्सकहरुको सिफारिस लिएर रक्त संचार सेवा केन्द्रमा गएपछि पूर्णरुपमा नि:शुल्क रगत उपलब्ध गराउने अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा ढकालले बताए । यसअघि एक युनिट रगतका लागि करिब ८ सय रुपैयां शुल्क लाग्ने गर्दथ्यो । लुम्बिनी प्रदेशमा वार्षिक ६० हजार युनिट रगत खपत हुने गरेको महासचिव पंगेनीले बताए ।

प्रकाशित मिति : शनिबार, असार ३२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij