JanataToday.com

Advertisment

SKIP THIS

६० औं ईन्जिनियर्स दिवस : फुटसलमा एभरग्रिन एफसीलाई उपाधि

६० औं ईन्जिनियर्स दिवस : फुटसलमा एभरग्रिन एफसीलाई उपाधि

 बुटवल,

६० औं ईन्जिनियर्स दिवसका अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशले बिभिन्न प्रतियोगिता आयोजना गरिरहेको छ ।

साउन ३ गते परेको एशोसिएसनको स्थापना दिवसको पहिलो कार्यक्रम स्वरुप प्रभातफेरि र ईन्जिनियरहरुको बिचमा डबल्स ब्याटमिन्टन प्रतियोगिता , दोस्रो कार्यक्रममा फुटसल,तेस्रोमा रक्तदान र भोलि ३ गते समापन तथा स्थापना दिवसको मूल समारोह हुदैछ ।

२३ टीमको सहभागिता रहेको व्याटमिन्टन प्रतियोगितामा  ईन्जिनीएर गोपीराज पुन र सुवर्ण केसीको टीमले उपाधी कब्जा गरे ।त्यस्तै ईन्जिनिएर महेश्वर लम्साल र अमृत खनाल दोस्रो, ईन्जिनीएर किशोर चौधरी र देवेन्द्र चौधरी तथा तिलक गाहा र अर्जुन पाण्डेको  टीम तेस्रो भएको थियो ।

१६ टिमको सहभागिता रहेको फुटसल प्रतियोगितामा एभरग्रिन एफसी पहिलो र लेक टीम ए दोस्रो भएको कार्यक्रम संयोजक अर्जुन गिरिले

बताए ।

फुटसल उद्घाटन समारोहमा एन्फा केन्द्रीय उपाध्यक्ष कुमार केसी,लुम्बिनी प्रदेश खेलकुद बिकास परिषदका सदस्य सचिब जयप्रकाश भट्टराइ,लोक पुन,इ दुजेन्द्र बस्नेत ,इ कुशुम ज्ञवाली,इ शैलेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए । लुम्बिनीमा ६ सय बढी इन्जिनियर रहेको सचिव गोबिन्द पंगेनीले बताए ।

प्रकाशित मिति : सोमबार, साउन २ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij