रनिल विक्रमासिङ्घे श्रीलङ्काका नयाँ राष्ट्रपति

रनिल विक्रमासिङ्घे श्रीलङ्काका नयाँ राष्ट्रपति

श्रीलङ्काकाे राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे चुनिनुभएकाे छ । आज बुधवार भएकाे चुनावमा विक्रमासिङ्घेले एक सय ३४ मत प्राप्त गर्दै देशकाे नयाँ राष्ट्रपति चुनिनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी दलस अलपेरुमाले ८२ मत प्राप्त गर्नुभयाे । दुई सय २३ सांसदले मतदान गरेका थिए भने दुई सांसद मतदानमा अनुपस्थित थिए ।

राष्ट्रपति चुनाव जितेपछि संसद्लाई सम्बाेधन गर्दै रनिल विक्रमासिङ्घेले सबै पार्टीलाई मिलेर काम गर्न अपिल गर्दै देशलाई समस्याबाट बाहिर निकाल्नका लागि भन्नुभएकाे छ । भाेलि बिहीवार सबै पार्टीसँग बसेर छलफल गर्ने पनि उहाँले बताउनुभयाे ।

तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षे श्रीलङ्काबाट भागेर राजीनामा दिएपछि रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाइएकाे थियाे ।

रनिल विक्रमासिङ्घेकाे कार्यकाल सन् २०२४ नाेभेम्बरसम्म हुनेछ । उहाँले गाेटाबाया राजापाक्षेकाे बाँकी रहेकाे कार्यकाल पूरा गर्नुहुनेछ ।

आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा गएकाे हप्ता प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास कब्जा गरेका थिए, यस्तै प्रधानमन्त्री विक्रमासिङ्घेको निवासमा आगजनी र प्रधानमन्त्री कार्यालय पनि कब्जामा लिएका थिए । प्रदर्शनकारीले कब्जामा लिएका ठाउँ अहिले छाेडिसकेका छन् । रनिल विक्रमासिङ्घे पनि श्रीलङ्कामा अलाेकप्रिय हुनुहुन्छ ।

प्रकाशित मिति : बुधबार, साउन ४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij