प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्र सङ्घविरुद्ध भएको प्रदर्शनमा झडप भएको छ ।
झडपमा परेर १५ जनाले ज्यान गुमाएका छन् । ५० जना घाइते भएका अलजजिराले जनाएको छ ।
गोमा सहरमा पाँच जना र बुटेम्बो सहरमा १० जनाले ज्यान गुमाएका खबरमा उल्लेख छ ।
कङ्गोमा संयुक्त राष्ट्र सङ्घ सङ्गठन मिसनको विरुद्धमा असन्तुष्टि जनाउँदै प्रदर्शन भइरहेको छ ।
प्रदर्शनका क्रममा यातायात अवरुद्ध पारेको र आगजनी समेतका घटना भएपछि हस्तक्षेप गरेको कङ्गो प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, साउन ११ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्