JanataToday.com

Advertisment

SKIP THIS

रुपन्देहीको शँकरनगर सामुदायिक वनलाई ‘गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार’

रुपन्देहीको शँकरनगर सामुदायिक वनलाई ‘गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार’

तिलोत्तमा – रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित शँकरनगर सामुदायिक वन तिलोत्तमा १–४, ले यस वर्षको ‘गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार’ का लागि छनोट भएको छ ।
वनको संरक्षण, दिगो उपयोग सम्बन्धी कार्यक्रम संचालन, जैविक विविधताको संरक्षण, डढेलो नियन्त्रण, समूहमा सुशासन कायम राख्न सफल, दिगो उपयोग, वातावरण सन्तुलन तथा गरीबी न्यूनीकरणमा पु¥याएको योगदानको कदर गर्दै नेपाल सरकार वन तथा बातावरण मन्त्रालय र वन तथा भू–संरक्षण विभागले शँकरनगर सामुदायिक वनलाई पुरस्कारका लागि छनोट गरेको हो ।
वनको संरक्षण र सम्वद्र्धन संगै पर्यटकीय क्षेत्रमा समेत राम्रो काम गरेको, वन क्षेत्रमा रहेको खाली जग्गामा वृक्षारोपण गरी वातावरण संरक्षणमा समेत विशेष योगदान पु¥याएका कारण नेपाल भरीका सामुदायिक वन उपभोक्ता समूहबाट छनोट भई यस बर्षको गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार –२०७९ का लागि छनोट हुन सफल भएको सामुदायिक वनका अध्यक्ष रबिन्द्र बस्नेतले बताए ।
नेपाल सरकार वन तथा बातावरण मन्त्रालय र वन तथा भू–संरक्षण विभागले हरेक बर्ष देशभरिका सामुदायि वन मध्येबाट उत्कृष्ट छनोट गरी गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्रदान गर्दै आईरहेको छ । पुरस्कार राशि नगद रु. एक लाख र प्रमाणपत्र रहेको छ ।
देश भर रहेका सामुदायिक वनहरुबाट राम्रो काम गर्ने सामुदायिक वनहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले बार्षिक रुपमा गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारको व्यवस्था गरिएको हो । मुलुकभरी २३ हजार सामुदायिक वन रहेका छन् ।
वन तथा वातावरण मन्त्रालय, वन तथा भू–संरक्षण विभागले स्थापना गरेको यो पुरस्कार यही साउन २५ गते काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेर प्रदान गरिने विभागले जनाएको छ ।
यस्तै साझेदारी वन तर्फ पनि रुपन्देहीकै लुम्बिनी साझेदारी वन ब्यवस्थापन समूह भैसाही प्रथम भै ‘गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार’ का लागि छनौट भएको छ । कर्मचारी तर्फ डिभिजन वन कार्यालय रुपन्देहीमा कार्यरत कर्मचारी (वन रक्षक) छविलाल अर्जेल द्वित्तीय भै गणेश बहादुर शाही संरक्षण पुरस्कारका लागि छनौट भएका छन् ।
शँकरनगर, भैसाही र वन रक्षक अर्जेललाई वन विभागले साउन २५ गते काठमाडौंमा पुरस्कार प्रदान गर्ने छ ।

 

प्रकाशित मिति : शुक्रबार, साउन २० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij