कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकामा अबैध सालको गोलिया र चिरान काठ प्रहरीले बरामद गरेको छ ।
बाणगंगा ७ को मोतीपुर डाडाँका सन्जु कुँवर क्षेत्रीको घरबाट शुक्रबार बिहान करिब ९ बजेको समयमा शसस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस पिपरा र ईलाका बन कार्यालय मोतिपुरको सहयोगमा लुकाएर राखिएको ६० क्यु फिटको अबैध गोलीया र काठ बरामद गरिएको हो ।
बरामद गरिएको गोलीया र काठ करिब १ लाख ५० हजार मुल्य बराबरको रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको अबैध काठ र गोलिया जिल्ला बन कार्यालय तौलिहवा पठाईएको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र ३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्