JanataToday.com

Advertisment

SKIP THIS

सङ्घीय चुनावमा ८७ वटा दलले भाग लिने, समानुपातिकमा पाएको मतको आधारमा चुनाव चिह्न राखिने

सङ्घीय चुनावमा ८७ वटा दलले भाग लिने, समानुपातिकमा पाएको मतको आधारमा चुनाव चिह्न राखिने

काठमाण्डाै –  चुनावमा भाग लिनका लागि ८७ वटा दल दर्ता भएको जनाएको हो । त्यसमध्ये एकल रूपमा सहभागी हुने दलको सङ्ख्या ७५ रहेको आयोगले जनाएको छ । त्यस्तै संयुक्त समूहमा सहभागी हुने दलको सङ्ख्या चार वटा रहेको छ ।

निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा (सङ्घीय) चुनावमा ८७ वटा र प्रदेश सभामा ७५ वटा राजनीतिक दलले भाग लिने जनाएको छ ।

निर्वाचन आयोगले प्रतिनिधि सभायस्तै निर्वाचन आयोगले प्रतिनिधि सभा चुनावमा लागि ७९ वटा चुनाव चिह्न रहेको जनाएको छ । त्यस्तै प्रदेशतर्फ जम्मा मधेस प्रदेशमा सबैभन्दा धेरै ७५ वटा दल सहभागी हुने भएका छन् । बाग्मती प्रदेश सभा चुनावमा ७२ दलले भाग लिनेछन् । त्यसैगरी प्रदेश १ मा ७०, गण्डकीमा ६६, लुम्बिनीमा ६८, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६४/६४ वटा दल सहभागी हुने भएका छन् । प्रदेशतर्फ पनि संयुक्त समूहमा सहभागी हुने दलको सङ्ख्या चार/चार वटा रहेको आयोगले जनाएको छ ।

यस्तै निर्वाचन आयोगले राष्ट्रिय यथार्थjfदी पार्टी नेपाललाई मोटरसाइकल, सामाजिक लोकतान्त्रिक पार्टीलाई तीन ढुङ्गे अगेनो र त्रिमूल नेपाललाई ओदान चिह्न प्रदान गरेको छ । दर्ता भएका राजनीकि दलमध्ये चुनाव हुनुभन्दा अगाडि कायम रहेको प्रतिनिधि सभा, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलले त्यस्तो प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत सङ्ख्याका आधारमा र प्रतिनिधित्व नगर्ने दलको हकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव २०७९ को प्रयोजनाका लागि अयोगमा दल दर्ता भएको क्रमको आधारमा चुनाव चिह्न मतपत्रमा समावेश गर्ने र  यसरी निर्धारण गरिएका चुनाव चिह्न नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र ९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij