रुपन्देही क्षेत्र न ५ मा भरत शाहको एकल सिफारिस :सघ र प्रदेशमा पुरानै सेट चुनाव लड्ने संकेत

रुपन्देही क्षेत्र न ५ मा भरत शाहको एकल सिफारिस :सघ र प्रदेशमा पुरानै सेट चुनाव लड्ने संकेत

बुटवल -आगामी मंसिर ४ गते हुने संघिय निर्वाचनका लागि रुपन्देही क्षेत्र न ५ बाट संघीय सार्बजनिक लेखा समिति सभापति भरत कुमार शाहको एकल सिफारिस भएको छ । नेपाली कांग्रेस रूपन्देही क्षेत्र न ५ कार्यसमिति को आज बसेको बैठक बाट सर्बसमत रूपमा संघीय प्रतिनिधि सभा सदस्य पदमा शाहको सिफारीस भएको हो । लगातार सो क्षेत्रबाट निर्वाचित हुँदै आएका शाह सो क्षेत्रमा निकै लोकप्रिय मानिन्छन् । सो क्षेत्रमा २०७४ क़ो स्थानिय निर्वाचनमा उनले एमाले माओवादी गठवन्धनका उमेद्वारलाई १३ हज़ार भन्दा वढि मत अन्तरले पराजित गरेका थिए । विकासवादी नेताको छवि बनाएका नेता शाह ५ दलिय सत्तारुण गठवन्धनका साँझा उम्मेद्वार हुने भएकोले उनको जित निश्चित देखिन्छ । सोही क्षेत्रको प्रदेश सभा ख मा कांग्रेसले फकरूद्विन खानलाई एकल सिफारिस गरेको छ भने प्रदेश क तर्फ युवा नेता तथा पार्टिका प्रदेश सदस्य विष्णु प्रसाद पोख्रेल सहित ३ जनाको सिफारिस भएको छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र १६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij