JanataToday.com

Advertisment

SKIP THIS

साफ यू–१७ : भारतलाई ३–१ ले हराउँदै नेपाल समूह विजेता बन्याे

साफ यू–१७ : भारतलाई ३–१ ले हराउँदै नेपाल समूह विजेता बन्याे

काठमाण्डाै – १७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले भारतलाई हराएकाे छ । श्रीलङ्काको कोलम्बोको रेस कोर्स मैदानमा भएकाे खेलमा नेपालले भारतलाई तीन–एक गाेलले हरायाे ।

नेपालकाे जितमा सराेज दर्लामी, उनेश बुढाथाेकी र सुवास बमले एक–एक गाेल गरे । भारतका लागि ड्यानी मेतीले गाेल गरे । एक–शून्यले पछि परेकाे अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेकाे हाे ।

याे जितसँगै समूह ‘बी’ मा नेपाल दुई खेलमा ६ अङ्कसहित समूह विजेता बनेकाे छ भने भारत दुई खेलमा तीन अङ्क जाेडर उपविजेता बनेकाे छ । दुवै टाेली सेमिफाइनल प्रवेश गरेका छन् ।

यसअघि नेपालले पहिलो खेलमा भुटानलाई दुई-एक गोलले हराएको थियो । भारतले पनि भुटानलाई तीन-शून्य गाेलले हराएको थियो । दुवै खेल हारेकाे भुटान भने प्रतियाेगिताबाट बाहिर भइसकेकाे छ ।

यस्तै आजै हुने दोस्रो खेलमा बेलुका श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् । अब नेपालले सेमिफाइनलमा आउँदाे साेमवार श्रीलङ्का वा माल्दिभ्सबीचकाे खेलकाे विजेतासँग खेल्नेछ । भारतले भने सेमिफाइनलमा सोमवार नै समूह ‘ए’ को विजेता बङ्गलादेशसँग खेल्नेछ ।

प्रकाशित मिति : शुक्रबार, भाद्र २४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij