आसन्न निर्वाचनका लागि १३० मतदान स्थल थपिँदै

आसन्न निर्वाचनका लागि १३० मतदान स्थल थपिँदै

काठमाडौँ । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि देशैभर १३० वटा मतदान स्थल थपिने भएका छन् ।

स्थानीय निर्वाचनको बेला कायम रहेका १० हजार ७५८ मतदान स्थललाई बढाई सो संख्या १० हजार ८८८ पुर्याउन लागिएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए । यो गत स्थानीय निर्वाचन भन्दा १३० ले बढी हो ।

स्थानीय निर्वाचनमा मतदान स्थल टाढा भएको भन्दै गुनासो आएपछि सो को व्यवस्थापनका लागि मतदान स्थल थप गरिन लागिएको उनले बताए ।

त्यस्तै, उनले मतदान केन्द्र तय हुन बाँकी रहेको भएपनि अनुमानित २२ हजार मतदान केन्द्र रहने जानकारी दिए ।

प्रकाशित मिति : सोमबार, भाद्र २७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij