JanataToday.com

Advertisment

SKIP THIS

औद्यागिक विकासको लागि औद्योगिक क्षेत्र र त्यसको पूर्वाधारमा अध्यक्ष गोल्छाको जोड

औद्यागिक विकासको लागि औद्योगिक क्षेत्र र त्यसको पूर्वाधारमा अध्यक्ष गोल्छाको जोड

बुटवल ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको औद्योगिक विकासको लागि औद्योगिक क्षेत्रको विकास र त्यसमा पूर्वाधार निर्माणमा जोड दिनुभएको छ । औद्योगिक विकासको लागि सरल तरिकाले जग्गाको प्राप्ती र प्राप्त भएको जग्गामा पूर्वाधार विकासमा सरकारले सघाउनु पर्ने भनाई राख्नुभएको हो । त्यस्तै औद्योगिक क्षेत्रमा उद्योगहरुलाई लिज सम्झौताको समयावधी पनि बढाउनु पर्ने भनाई राख्नुभयो ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सोमबार बुटवलमा आयोजना गरिएको ६९ औं साधारण सभाको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष गोल्छाले कोरोना महामारी, कर्जा प्रवाहमा तरताको अभाव, रुस युक्रेन युद्ध लगायतका कारणले उद्योगी व्यवसायी ठूलो मारमा परेको भएपनि बंगलादेश पाकिस्तानको जस्तो समस्या नआउने प्रष्ट पार्नुभयो । ‘समस्या छ नभएको होईन ।’ उहाँले भन्नुभयो–‘अब देश बंगलादेश, पाकिस्तान जस्तो हुन्छ भन्ने शब्दले उद्योगी व्यवसायीको मनोवल गिराएको छ, हामीले विज्ञहरुसंग पनि परामर्श गरेका छौ, त्यस्तो दुर्घटनामा फस्ने खालको समस्या होईन ।’

उहाँले बैंकको व्याजदर सय प्रतिशत भन्दा बढी भएको उल्लेख गर्दै उहाँले त्यसले उद्योगी व्यवसायीलाई ठूलो समस्या भएको बताउनु भयो । मुलुकको अर्थतन्त्रको सुधारको लागि सन् २०३० सम्मलाई तार्गेट गरेर महासंघले ल्याएको भिजन पेपरलाई सरकारले ईन्डोर गरेको बताउँदै कतिपय कुराहरु सम्बोधन भईसकेको भनाई राख्नुभयो । उद्योगी व्यवसायीको समस्याको समाधानको लागि महासंघले विज्ञहरुसंग सल्लाह गर्ने र पहल पैरवी गर्ने काम गरिरहेको पनि बताउनु भयो ।

कार्यक्रममा स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले खुला सिमानाकाका कारण यस क्षत्रका व्यवसायी मारमा परेको जानकारी गराउँदै समस्या समाधानको लागि पहल गरिदिन महासंघलाई आग्रह गर्नुभयो । अध्यक्ष कसजूले चालू पूजी कर्जा मार्ग निर्देशन अव्यहारिक रहेको, समयमा सडक निर्माणको काम नसकिदा व्यसायी मारमा परेको, तरलता अभाव, महंगी लगायतका समस्या राख्दै सरकारका व्यवसायिक अव्यवहारिक नीतिका कारण लागत बढ्नुको साथै प्रतिस्पर्धी क्षमतामा ह्रास आएको बताउनु भएको थियो ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवलमा मोतिपुर औद्योगिक क्षेत्र निर्माणको लागि जग्गाको नापजाँच सुरु भएको बताउनु भयो । त्यस्तै बुटवल १५ मा कृषि थोक बजार केन्द्र निर्माणको तयारी भएको जानकारी गराउनु भयो । व्यवसायिक तथा औद्योगिक विकासको लागि बुटवल उपमहानगरपालिका सहकार्यको लागि तयार रहेको भनाई राख्नुभयो ।

महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले सरकारी नियमनले उद्योगी व्यवसायीलाई हतोत्सायी बनाएको बताउदै समस्या समाधानको लागि महासंघले नेतृत्व लिनुपर्ने बताउनु भयो । उहाँले निजी क्षत्रको प्रवर्धन र विकास हुन सकेन भने देशको अर्थतन्त्र विग्रिदै जाने भएकाले समयमै ध्यान दिनुपर्ने भनाई राखनुभयो ।

महासंघ जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले स्थानीय तहमा करको दर घटाउन प्रतिस्पर्धा गर्नुपर्नेमा बढाउन प्रतिस्पर्धा भइरहेको आरोप लगाउनु भयो । उहाले सरकारले ल्याउने नीतिले स्थायित्व पाउनुपर्ने बताउदै नीति स्थायित्व नहंदा व्यवसायी मारमा परेका बताउनु भयो ।

बस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ सरकारका नियमनकारी निकायले आफूले गल्ती गर्ने र निजी क्षत्रलाई दोश दिने गरेको बताउनु भयो । सात दिन बैंकको कर्जा शून्य गर्नुपर्ने राष्ट्र बैैंकको नयां व्यवस्था उद्योगी व्यवसायीको हित विपरित रहेको बताउनु भयो ।

एशोसियट उपाध्यक्ष रामचन्द्र सांघाई मोतिपुर औद्योगिक क्षेत्र निर्माणमा सरकार गम्भिर नदेखिएको बताउदै चाँडो बनाउनु पर्ने भनाई राख्नुभयो । उहाले तरलता अभाव लगायत बैकिङ जटिलताले व्यवसायी मारमा परेको बताउनु भयो ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले उद्योगी व्यवसायीको हित कसरी गर्न सकिन्छ नगरपालिका लागि परेको जानकारी गराउनु भयो । उहाँले बुटवलको ट्राफिक व्यवस्थापनको लागि १ हजार ४४० वटा अटो रिक्सालाई मात्रै सञ्चालन अनुमती दिने निर्णय गरि दर्ताको काम सुरु भएको जानकारी गराउनु भयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले उद्योगी व्यसायीहरुले आफ्ना हक अधिकारसँगै उपभोक्ता हितमा पनि उत्तिकै ध्यान दिन आग्रह गर्नुभयो । उहाँले रात्रीकालिन व्यवसाय मापडण्ड स्वीकृत भईसकेको जानकारी गराउँदै मापदण्ड अवलम्वन गरेर व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघमा निवर्तमान उपाध्यक्ष उमेश श्रेष्ठले महासंघले साना ठूला सबै उद्योगी व्यवसायीका समस्या समाधान गर्न ध्यान दिनुपर्ने भनाई रख्नुभयो ।

नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्योगी व्यवसायीलाई संकट बढ्न थालेको बताउंदै महासंघलाई पहल पैरवी गर्न आग्रह गर्नुभयो । उहाँले बैंकहरुको मर्जरले बैकिङ प्रतिस्पर्धा घटेको र व्याजदर बृद्धि हुँदै गएको बताउँदै विमामा पनि संकुचन भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा थाहा उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कविराम खत्री, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, सम्मानित मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी लगायतले साधारण सभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवाद तथा महासचिव बिमलराज भट्टराईको सञ्चालनमा भएको थियो ।

समाजसेवी अधिकारी र खेलाडी मास्केलाई सम्मान

संघको साधारण सभाको अवसरमा समाजसेवी रामजी अधिकारी र खेलाडी प्रसंगध्वज मास्केलाई सम्मान गरिएको छ ।

मानवताको सेवामा समर्पित मानव सेवा आश्रमका अध्यक्ष अधिकारी र वास्केटवल खेलाडी मास्केलाई सम्मान गरिएको हो । उहाँहरुलाई नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छा र संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले सम्मान पत्र सहित दोसल्ला माला लगाएर सम्मान गर्नु भएको हो ।

त्यसै अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. १ मा रहेको जलविनायक गणेश मन्दिर र द आर्ट अफ लिभिङ बुटवल सेन्टरलाई आर्थिक सहयोग गरिएको छ । मन्दिरको सञ्चालन व्यवस्थापन र द आर्ट अफ लिभिङ बुटवल सेन्टरलाई भवन निर्माणको लागि जनही १ लाख १ हजार रुपैया आर्थिक सहयोग गरिएको हो ।

प्रकाशित मिति : सोमबार, भाद्र २७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij