सैनामैना
सैनामैना नगरपालिकाले कृषिमा विशेषत धानमा क्षेति पुगेका किसानहरुलाई आज एक कार्यक्रमका बिच सैनामैना नगरपालिका वडा नम्बर ७ का १० जना किसानलाई नगरपालिकाको कार्यालयमा बोलाएर क्षेति बराबरको चेक हस्तान्तरण गर्दै शुभारम्भ गरिएको छ । रुपन्देही जिल्लामै किसानलाई क्षेति वापतको रकम दिने पहिलो सैनामैना नगरपालिका भएको छ । सैनामैनाका वडा नम्बर १ देखि ११ सम्मका ५ हजार ४ सय ३१ जना किसानलााई १ करोड ७९ लाख ७८ हजार २ सय ४७ रूपैयाँ बराबरको रकम दुई र तिन किस्ता गरि पाउने भएका छन् । त्यस वाहेक नगरका सम्पूर्ण किसानहरुलाई बैंकको खाता नम्बर वडा कार्यालयमा दर्ता गराएकाले अरु सबैको रकम खातामा नै जाने नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले जानकारी गराउनुभयो । क्षेति वापतको रकम चाड पर्वहरूको मुखमा किसानले पाउदा पनि किसानलाई खुसी नै महाशुस गर्ने समेत धारणा व्यक्त गर्नुभयो साथै आफुले यो रकम नगरपालिकाका किसानलाई जति सक्दो चाडो उपलब्ध गराउन केन्द्रीय सरकारसँग ताकेता गर्दा रुपन्देहीमै हाम्रो सैनामैना नगरपालिका किसानलाई रुझेको धानको रकम दिने सन्दर्भमा पहिलो भएको समेत जानकारी गराउनु भयो । सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले क्षेतीको समयमा गाउँगाउँमा गएर विवरण लिँदै गर्दा अतिनै दुख लागेको र अहिले सरकारले रकम किसानहरुलाई हस्तान्तरण गर्ने कुरा सुन्दा राम्रो लागेको र अहिले आएर उक्त रकम हाम्राै हातबाट हस्तान्तरण गर्न पाउँदा खेरि निकै खुसी लागेको कुरा समेत व्यक्त गर्नुभयो । सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले विगतको वर्ष अविरल वर्षाका कारण किसानको खेतको धान काट्ने समयमा अति वर्षा भई धान खेतमै डुबान भएको र त्यो समयको नोक्सानको रकम आफु आउदा बितिकै वितरण गर्न पाउदा, किसानको मुहारमा हासो देख्दा र रुपन्देहीमै सैनामैना नगरपालिका रकम वितरण गर्द पहिलो हुदा खुसी लागेको कुरा व्यक्त गर्नुभयो। कार्यक्रमको अध्यक्षता सैनामैना नगरपालिका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले र संचालन केशव अर्यालले गर्नु भएको थियो।
प्रकाशित मिति : शुक्रबार, भाद्र ३१ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्