JanataToday.com

Advertisment

SKIP THIS

सहकारीले रोजगारी श्रृजना र उत्पादनमुलक क्षेत्रमा लगानी गर्न जरुरी

सहकारीले रोजगारी श्रृजना र उत्पादनमुलक क्षेत्रमा लगानी गर्न जरुरी

 

बुटवल

गरिबी निर्वारणका लागि अति उपयोगी हुने सहकारीहरुले पछिल्लो समयमा नाम अनुसार काम गर्न नसक्दा समस्या र चुनौती थपिन थालेका छन । सहकारीहरुले रोजगारी श्रृजना गर्न र उत्पादन मुलक क्षेत्रमा लगानी बढाउन जरुरी रहेको एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन।

रुपन्देहीको तिलोत्तमा १ डाईभरटोलमा संचालित विकास बहुउद्देश्यीय सहकारी संस्थाको ३४ औ वार्षिक साधारण सभामा वोल्ने वक्ताहरुले सहकारीमा आवद्ध शेयरसदस्यहरु गम्भिर हुन आगैह गरेका छन । कार्यक्रममा सहकारीका संरक्षक रोमणी प्रसाद पाठकले सहकारीवाट शेयर सदस्यहरुले लैजाने ऋणलाई उद्योग व्यापारका क्षेत्रमा लगानी गरि उत्पादन गर्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले ऋण लिएर उत्पादनमुलक क्षेत्रमा लगानी नर्गने परिपार्टीले सहकारीमा चुनौती थपिएको औल्याउनु भयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य डा. कृष्ण प्रसाद न्यौपानेले सहकारीमा शेयर सदस्यहरुले आफनो खर्च कटाएर गरेको बचतलाई रोजगारी श्रृजना र उत्पादनमुलक क्षेत्रमा लगानी गर्न जरुरी रेहेकोे बताउनु भयो । उहाँले रोजगारी र उत्पादन विना गरिने लगानी फलदायी नहुने हुदा सहकारी संचालकहरु यो सवालमा गम्भिर हुन आग्रह गर्नु भयो ।

रुपन्देहीको तिलोत्तमा १ डाईभरटोलमा संचालित विकास बहुउद्देश्यीय सहकारी संस्था कार्यबहाक अध्यक्ष कलाधर पाण्डेले आर्थिक वर्ष २०७८ । ७९मा ६९ करोड ३५ लाख ७८ हजार रुपैया ऋण लगानी गरेकोमा ६६ करोड बढी असुली गरेको बताउनु भयो ।

कार्यक्रममा सहकारीका निर्वतमान अध्यक्ष नेत्र प्रसाद पाठक,शेयर सदस्य केशवराज न्यौपाने, सामुहिक बचत सहकारीका अध्यक्ष सुरेन्द्र कुमार वर्मा लगाएतले सहकारीका शेयर सदस्यहरु सहकारीका मालिक भएकाले शेयर सदस्यहरुले आफनो सहकारीमा के भएको छ , लगानी सुरक्षित भए नभएको वारेमा समेत गम्भिर हुन जरुरी रहेको औल्याउनु भयो ।

सहकारीले आफनो वार्षिक उत्सवका अवसरमा सहकारीका ८० वर्ष माथिका वृद्ध वृद्धाहरुलाई सम्मान र शैक्षिक क्षेत्रमा विद्यावारिधी तथा मासटर डिगी हासिल गरेका शेयर सदस्यका छोरो छारीलाई समान्न गरेको सचिव मित्रबन्धु न्यौपानेले बताउनु भयो ।साधारण सभाले कोषध्यक्ष भगवती वस्यालले प्रस्तुत गर्नु भएको आय बेयको वार्षिक प्रतिवेदन र संचालक समितिको तर्फवाटअध्यक्षले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन छलफल सहित पारित भएको छ ।

त्यस्तै सहकारीको शनिवार नै भएको उप निर्वाचनवाट कार्य बहाक अध्यक्ष कलाधर पाण्डे अध्यक्षमा, वर्तमान सचिव मित्रबन्धु न्यौपाने उपाध्यक्षमा निर्वाचित हुनु भएको छ । खाली रहेको सचिव पदमा पछि संचालक समितिले मनोनयन गर्ने छ । त्यस्तै संचालक समितिको सदस्यमा रामचन्द्र भुसाल, प्रकाश न्यौपाने, र चिन्ता कंडेल भण्डारी निर्वाचित हुनु भएको छ ।

 

प्रकाशित मिति : शनिबार, असोज १ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij