सत्यमोहन जोशीको आजिवन रेखदेख सरकारले गर्छ: खाँण

सत्यमोहन जोशीको आजिवन रेखदेख सरकारले गर्छ: खाँण

भैरहवा-शताब्दी पुरुष सत्यमोहन जोशीको आजिवन रेखदेख, औषधी उपचार सरकारले गर्ने गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।

भैरहवामा रहेको शान्ती बुद्ध गुम्बा छात्रावास भवनको उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले उनलाई सरकारले रेखदेखको साथै अन्य मद्दत पु¥याउन सरकारले निर्णय गरेको जानकारी दिए । “उहाको उचित रेखदेखको लागि सरकारले बजेट ब्यवस्थापन गरेर उहाको जिवन सहज बनाउने निर्णय गरिएको छ ।” उनले भने

यस्तै उद्घाटन कार्यक्रममै बोल्दै मन्त्री खाँणले गौतम बुद्धबाट त्याग गर्न सिक्नु पर्ने जिकिर गरे । उनले अहिले निर्वाचनमा उम्मेदवार हुन नेताहरुमा प्रतिष्प्रर्धा भईरहेको जनाउदै सबैलाई टिकट दिन नसकेको कारण बुद्धले झै त्याग गर्न पनि आवश्यक रहेको बताए । “यो संवेदनशिल बेलामा शान्तीपूर्वक निर्वाचन सम्पन्न गर्नु पर्ने, नया जनादेशले नया राजनैतिक उचाई छुनु पर्ने संकल्पमा आफ्नो भूमिकाको खोजी गर्नु स्वाभाविक हो ।” उनले भने “तथापि कहिले काहि मुलुकको लागि, बिचारको लागि एक कदम पछाडी पनि हट्नु पर्ने हुन्छ ।”

मन्त्री खाँणले सिद्धार्थ गौतमले पनि त्याग नगरेको भए बुद्ध बन्न नसक्ने बताउदैउनले अहिलेको त्यागले भविष्यमा अझै राम्रो स्थान दिलाउन सहयोग गर्ने जिकिर गरे ।

गृहमन्त्री बालकृष्ण खाँणले बुद्धको शिक्षा आत्मसात गर्नु पर्ने सबैको दायित्व रहेको बताए । मानव जिवनको सुरुवातमा जति सुकै हिंसा गरे पनि अन्तिममा शान्तीमार्ग लाग्नु पर्ने बुद्धको शिक्षा अहिले पनि उत्तिकै अपरिहार्य रहेको उनको भनाई छ ।

सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका ग्रामीण, शहरी विकास एवम पर्यटन मन्त्री डिल्ली बहादुर चौधरीले लुम्बिनी प्रदेशका बिभिन्न पर्यटकिय स्थलकोहरुको प्रवद्र्धनमा सरकार लागेको दावी गरे । यसको साथै प्रदेशमा रहेका बिभिन्न धार्मिक स्थलहरुको विकास र यसको प्रवद्र्धनमा प्रदेश सरकारले लगानी गरिरहेको उनको भनाई थियो ।

लुम्बिनी प्रदेशका ग्रामीण, शहरी विकास एवम पर्यटन मन्त्रालयको १५ लाख , सिद्धार्थनगर नगरपालिकाको ५ लाख र अन्य दाताहरुबाट गरि ३० लाख बढीको लागतमा भैरहवामा रहेको शान्ती बुद्ध गुम्बामा छात्रावास निर्माण भएको हो । गुम्बामा अहिले ३५ जना बिद्यार्थी, आनी एवम लामा गुरुहरु गरि ८ जना रहेको गुम्बाका अध्यक्ष आस बहादुर गुरुङ्गले जानकारी दिए ।

प्रकाशित मिति : शनिबार, असोज ८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij